एथलेटिको म्याड्रिडले जित्यो युरोपा लिगको उपाधि, ग्रिजम्यानले गरे दुई गोल  

खरीबोट

काठमाडौँ । युरोपा लिगको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ ।

गएराती भएको खेलमा फ्रेन्च लिग वान क्लब मार्सेलीलाई एथलेटिकोले ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।

एथलेटिकोको जितमा बार्सिलोना जाने चर्चा भइरहेका मिडफिल्डर एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने गाबीले एक गोल गरेका थिए ।

खेलको २१औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथलेटिको लाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको एथलेटिकोले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलको ४९औ मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गरेका थिए । त्यस्तै एथलेटिकोका लागि तेस्रो गोल गाबीले खेलको ८९औ मिनेटमा गरेका थिए ।

दुई गोल गरेसँगै ग्रिजम्यान युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

ग्रिजम्यान आगामी सिजनमा बार्सिलोना जाने लगभग तय भएको मिडिया रिपोर्ट आइरहेका छन् । एथलेटिकोमा यस सिजनको अन्तिम खेल खेलेका ग्रिजम्यानले टिमलाई उत्कृष्ट उपहार दिएका छन् ।
 


 

सम्बन्धित समाचार

युरोपा लिग जिताउदै ग्रिजम्यानले बनाए नयाँ रेकर्ड, यस्तो छ बार्सिलोना जाने तयारी  

काठमाडौँ । एथलेटिको म्याड्रिडका फ्रेन्च फुटबलर एन्टोनी ग्रिजम्यानले नयाँ रेकर्ड बनाउदै एथलेटिको लाई युरोपा लिग जिताएका छन् । गएराती फ्रान्सको लियोनमा भएको युरोपा लिगको फाइनलमा खेलको दुवै हाफमा गोल गर्दै ग्रिजम्यानले

एथलेटिको म्याड्रिडले जित्यो युरोपा लिगको उपाधि, ग्रिजम्यानले गरे दुई गोल  

काठमाडौँ । युरोपा लिगको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । गएराती भएको खेलमा फ्रेन्च लिग वान क्लब मार्सेलीलाई एथलेटिकोले ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो । एथलेटिकोको

युरोपा लिग प्रिभ्यु : एथलेटिकोलाई चुनौती दिदै मार्सेली, कसले जित्ला उपाधि ?

काठमाडौँ । युरोपा लिगको फाइनलमा आज राति स्पेनिस क्लब एथलेटिको म्याड्रिड र फ्रेन्च क्लब मार्सेली उपाधिका लागि खेल्दै छन् । फ्रान्समा हुने फाइनल खेलमा दुवै टिमले उपाधि जित्ने दाबि गरेपनि स्पेनिस

एथलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा, उपाधिका लागि मार्सेइलीसँग भिड्ने 

काठमाडौं । एथलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको आर्सनल विरुद्धको सेमिफाइनलको दोस्रो लिगमा १-० ले विजयी हुदै समग्रमा २-१ को नतिजासहित एथलेटिको युरोपा लिगको फाइनलमा पुगेको