• २०८१ बैशाख ८ शनिबार

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैया बढ्यो 

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मुल्य प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

खान पकाउने ग्याँसमा भने मुल्य यथावत रहेको छ । निगमले बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै