• २०८१ बैशाख ६ बिहीबार

मेक्सिकोमा पत्रकारको हत्या

kharibot

फाइल तस्विर।

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । 

मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । 

जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत थिए । 

हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उनी ४५ वर्षको थिए । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । 

यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै