मेक्सिकोमा पत्रकारको हत्या

खरीबोट

फाइल तस्विर।

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । 

मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । 

जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत थिए । 

हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उनी ४५ वर्षको थिए । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । 

यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ । 

सम्बन्धित समाचार

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

वाशिंगटन। पत्रकार पेशामा लामो समयदेखि काम गरिरहेका  र हालसम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन गरेको घोषणा गरेका छन ।  संघीय अवधारणाको

अस्पतालको लापर्वाहीले पत्रकार थपलियाको निधन भएको जनाउँदै उजुरी

काठमाडौँ। पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भनी उहाँका श्रीमती गंगा खतिवडाले छानबिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्  ।  सामान्य ज्वरो आएर

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन

भक्तपुर / मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।  नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि

सप्तरीको देउरी भरुवामा सडक दुर्घटनामा पत्रकारको मृत्यु

राजविराज। राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्षीय  पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्