मुलुकको परराष्ट्र नीति अपरिपक्व – नेता भट्टराई

खरीबोट

तनहुँ  । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताएका छन् । 

तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तरक्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताए । 

‘आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो’ डा. भट्टराईले भने । मुलुकलाई विकास र समृद्धिमा अगाडि बढाउन सरकारले ठोस कार्यक्रम अगाडि बढाउनुपर्ने डा. भट्टराईको भनाइ थियो । 

उनले महर्षि वेदव्यास र भानुभक्तको जन्मभूमि तनहुँमा पर्यटकीय सम्भावना प्रशस्तै रहेकाले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्छ भने । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरले यो वर्ष स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन नियम कानुन बनाएकाले आगामी वर्षदेखि त्यसलाई कार्यान्वयन गर्दै लैजाने बताए ।

सम्बन्धित समाचार

हामी मगन्ते भयौ, सित्तैमा पाए जे पनि खाने बानी छोडौ – डा. बाबुराम भट्टराई 

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बजेट बनाउदा अर्थमन्त्री अल्मलिएको बताउदै उनको अवस्था ‘न हाँसको चाल न कौवाको चाल’ भएको बताएका छन् ।  प्रतिनिधि सभामा बजेटमाथि भएको

बजेट बारे डा. बाबुराम भट्टराईको टिप्पणी : माछा माछा भ्यागुतो

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिएका छन् । यस अघि अर्थमन्त्रीको समेत जिम्मेवारी निभाएका डा.भट्टराईले बजेटले

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी 

गोरखा ।  चर्चित निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् ।   प्राप्त अन्तिम नतिजा अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी

संघीय फोरमद्वारा गोरखामा डा. भट्टराईलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लियो 

गोरखा ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा.. बाबुराम भट्टराईबीच एक अर्कालाई निर्वाचनमा सहयोग गर्ने सहमति भएको छ ।  सोहि सहमति अनुसार डा. बाबुराम भट्टराईलाई समर्थन