• २०८१ बैशाख ७ शुक्रबार

ठूलो परिमाणको गाँजासहित दुई जना हेटौँडाबाट पक्राउ

kharibot

हेटौँडा । ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ । 

जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै