ठूलो परिमाणको गाँजासहित दुई जना हेटौँडाबाट पक्राउ

खरीबोट

हेटौँडा । ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ । 

जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ ।

सम्बन्धित समाचार

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

बनियानी, झापा । पूर्वीनाका काँकडभित्ताबाट मंगलबार दुई भारतीय नागरिक नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुडीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

ललितपुर। प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए

यातायातका इन्जिनियर घुससहित पक्राउ 

रुपन्देही। यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साह घुस रकम सहित पक्राउ परेका छन्। शाहले नयाँ सवारी (लोडर) दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने

विराटनगर महानगरमा विष्फोटमा संलग्न रहेको आशङ्कामा ९ जना पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए