प्रदेश सांसदद्वारा सांसद विकास कोषको अवधारणा दोहोर्याउन माग

खरीबोट
ad

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहोर्याउन  माग गरेका छन् । 

प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु कर प्रस्ताव बाहेक का सम्वन्धमा आज भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको उत्थानका लागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोष आवश्यक भएको जिकिर गरे । 

प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा प्रयोगमा आएका सासंद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी संघीयतामा कति जायज छ भन्ने विषयमा राष्ट्रिय वहस भइरहेको बताए । 

उनले भने, ‘एकात्मक राज्य प्रणालीमा फिट भएको मोडेलको बहसको टुंगो नलगाई ५ नं प्रदेशले निर्णय गर्न मिल्दैन ।’ 

मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको उल्लेख गर्दै पूर्वाधार विकासमा नै बजेट बढी जाने देखिन्छ भने । उनले पूर्वाधार र जनशक्तिको विकास नभए कृषि, पर्यटन र उद्योगको विकास हुन नसक्नेमा जोड दिँदै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन विकास गर्नुपर्ने क्षेत्र कृषि भएको बताए । 

नेकपा एमालेका सचेतक भूमिश्वर ढकालले स्रोत पहिचान गरेर बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिँदै करको दायरालाई विस्तार गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका सचेतक दधिराम न्यौपानेले विकासका आयोजना गाउँदेखि शहरसम्म व्यवस्थित नभएको उल्लेख गर्दै चक्लाबन्दी आवश्यक छ भने । 

प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद् विकास कोषको अवधारणा आवश्यक भएकामा जोड दिए । 

प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले औद्योगिक करिडोर र निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल धागो कारखाना र बाँसबारी छाला उद्योग संचालनको वातावरण बनाउन आग्रह गर्दै प्रादेशिक विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताए । 

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले प्राविधिक शिक्षामा जोड दिँदै हरेक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचार अन्त्यका लागि पहल गर्नुपर्ने बताए । अर्का सदस्य लौटी थारुले सुकुम्बासी समस्या समाधान गर्न लालपूर्जा वितरणको नीति ल्याउन आग्रह गरे ।

सम्बन्धित समाचार

‘सिंहदरबारको अधिकार गाँउमा’ भन्ने नारामा मात्र सीमित

लिवाङ, रोल्पा । रोल्पामा नारामा मात्र सिंहदरबार आएको एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् ।  ५ नं प्रदेशको मुख्य कार्यालय बुटवलको आयोजनामा प्रदेशसभा तथा प्रदेशसभा सचिवालयसम्बन्धी जानकारीमूलक आज यहाँ आयोजित अन्तक्र्रिया

प्रदेश नं ५ मा संसदीय दलको नेतृत्व कमजोर भएको काँग्रेस निष्कर्ष

रुपन्देही । नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ ।  प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रदेश नं ५ को विनियोजन विधेयक २०७५ मा सैद्धान्तिक छलफल

रुपन्देही । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु कर प्रस्तावबाहेक का सम्बन्धमा आज छलफल भएको छ ।  छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले विनियोजन

प्रदेशसभाको बैठक उपलब्धिपूर्ण र ऐतिहासिक

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको पहिलो बैठक निक्कै उपलब्धिपूर्ण र ऐतिहासिक रहेको प्रदेशसभा सचिवालयको निष्कर्ष छ ।  प्रदेशसभाको पहिलो अधिवेशन गत माघ २१ गतेबाट आरम्भ भई १७ दिन बसेर यही

Loading...

Loading...