• २०८१ बैशाख ६ बिहीबार

ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा 

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. १०, चारांगेमा ८०औँ, ज्येष्ठ १ गते मगंलबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ३, हार्दिनेटामा ८१औँ, सोही गाँउपालिकाकै वडा नं. ५ भेदुवामा ८२औँ र मिति २०७५ ज्येष्ठ २ गते बुधबारदेखि गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका वडा नं. २ हटियामा ८३औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । 

यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ८३ पुगेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै