• २०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधि फलोअप : काठमाण्डौँ महानगर वडा नम्बर ९ , मुख्य समस्या फोहोर र ट्राफिक

kharibot

काठमाण्डौँ  । काठमाण्डौँ महानगरपालीकाका ३२ वडा मध्येको ठूलो वडाको रुपमा वडा नम्बर ९ रहेको छ । 

गौशाला, रातोपुल, सेतोपुल, बत्तिशपुतली, पुरानो बानेश्वर, सिनामंगल, भिमशेनकोला, बिजय चोक, कालीमाटी टोल,  गौरी गाउँ, पिंगलास्थान, एयरपोर्ट बत्तिशपुतली, भण्डारखाल,  लगायत पशुपतिका केहि स्थानहरु काठमाण्डौँ महानगरपालकिा वडा नम्बर ९ भित्र पर्दछन । 

स्थानीय तहको निर्वाचनपछि काठमाण्डौँ महानगरको पहिलो बोर्ड बैठकले महानर भित्रका विकास निर्माणका कामलाई निरन्तरता दिन काठमाण्डौँ महानगरका ३२ वटा वडालाई ठूलो, मझ्यौला र सानो गरेर तीन क्याटागोरीमा बिभाजन गरेको थियो, जस मध्ये कामपा वडा नम्बर ९ ठूलो वडामा परेको थियो ।  

जहाँ ठूलो वडालाई वार्षिक २ करोड २५ लाख,सझौलालाई एक करोड २५ लाख र सानो वडालाई एक करोड ५ लाख दिने निर्णय भएको थियो ।  महानगरको यसै निर्णय अनुसार कामपा ९ वडालाई ठूलो वडाको रुपमा चौमासिक एक किस्तामा ७५ लाख आउनेगरी काम गर्दे आएको छ । आन्तरिक र बाह्य गरेर ७५ हजार जनसंख्या रहेको यस वडामा १४ हजार मतदाताहरु रहका छन्  ।    

काठमाण्डौँ महानगरपालीका वडा नम्बर ९ का वडाका सबै प्रतिनिधिहरु नेकपा एमालेबाट बिजयी भएका थिए । त्यस्तै यस वडामा संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल पनि बस्दै आएका छन् ।

यस वडाका मुख्य समस्याहरु:  

काठमाण्डौँ महानगरपालीका वडा नम्बर ९ मा रामकृष्ण जयखु श्रेष्ठ वडा अध्यक्ष छन्  । खरीबोटसँग कुरा गदैँ अध्यक्ष श्रेष्ठले स्थानीयले आफ्नो ठाउँमा यो काम गर्नुपर्ने छ भन्दै आउँछन् त्यसैको आधारमा जहाँ जहाँ समस्या छ त्यहाँको समस्या सम्बोधन हुने गरी काम गर्दे आएको बताउँछन् , उनले भने, “ स्थानीयले ल्याएको र देखाएको समस्यामा नै समाधान हुने गरी हालसम्म काम गरीरहेका छौ । ”

स्थानीयको समस्या , प्राथमिकता, र आबश्यकताको आधारमा यस वडामा धेरै काम भएका छन्  । जस मध्य वडा नम्बर ९ को समस्याको रुपमा फोहोर र गौशालाको जाम नै भएको वडा अध्यक्षको भनाई थियो  ।

त्यस्तै ,फोहोरमैला, फुटपात व्यवसाय, सार्वजनीक यातायातमा लुटपाट , बिकिृती, खानेपानी , ढल, सडक आदी यस वडाको समस्याको रुपमा रहेका छन्  ।

हालसम्म भएका कामहरु :

काठमाण्डौँ महानगरका अन्य वडामा जस्तै , ९ नम्बर वडामा बिकास निर्माणका धेरै काम भएका छन्  ।  जहाँ वडामा बिभिन्न स्थानमा  ढुङ्गा छाप्ने, ब्लक छाप्ने, ढलान,  पिच, सडक बत्ति राख्ने लगाएका धेरै काम भएका छन्  ।

जसमध्ये अमर सिंह मार्ग, स्लेष्मान्तक मार्ग,मुल्मी गल्ली, मगल गल्ली, गंगा लक्ष्मी मार्ग लगाएका ठाउँमा ढुङ्गा छाप्ने काम सम्पन्न भइसेको छ ।  त्यस्तै  बत्तीसपुतली, राम मन्दिर , बरुण गल्ली, गौचरण गल्ली, राना गल्लीमा ब्लक छाप्ने काम सम्पन्न भएको छ  भने  सिनामंगल, त्रिदेव मार्ग, एयरपोर्ट ओरालो,  राना मार्ग , पशुपती सडक र कालीमाटी टोलमा  आर सिसि ढलान सम्पन्न भएको छ  । ढलान र ब्लक बाहेक यस वडामा धेरै ठाउँमा,  ढलान, पिच, सडक बक्ति राख्ने कामहरु भएका छन् । 

आगामी योजनाहरु :

काठमाण्डौँ महानगरको वडा नम्बर ९ का वडा अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले धेरै योजनाहरु अघि सारेको र काम गर्ने बताए  । योजना मध्येमा बाँकि रहेका बिभिन्न स्थानमा पिच, ढलान, गर्ने ढुङ्गेधारातथा पार्क निर्माण गर्ने, पुल निर्माण गर्ने, जग्गा संरक्षण गर्ने जेष्ठ नागरीक क्लब नीर्माण गर्ने, पानी ट्याङकि निर्माण गर्ने, पुस्तकालय निर्माण गर्ने, पर्खाल निर्माण गर्ने , कुवा , ढुङ्गेधारा तथा ढल मर्मत गर्ने  तथा सानो भएको वडा भवन निर्माण गर्ने सम्मका योजनाहरु लीएर अघि बढेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
काठमाण्डौँ महानगरको ठूलो वडाको रुपमा रहेको वडा नम्बर ९ ले एक वर्षको अवधिमा धेरै काम गरीसकेको अध्यक्ष श्रेष्ठ बताउछन । साथै गौशालाको जाम रिङ्गरोड भरीकै समस्या भएकाले सडक बिस्तार र मेलम्चीको काम सम्पन्न भइसेपछि जाम कम हुने बताउदैँ उनले जथाभाबि पार्किङ, र अब्यवस्थित बाटो काट्ने काम बन्द भए जाम कम हुने अनुमान अध्यक्षको रहेको छ । 

त्यस्तै गौशालाको जाम ब्यवस्थित गर्न ट्राफिक प्रहरी, सडक बिभाग, महानगर र  स्थानीयहरु नै मिलेर काम गर्ने योजना रहेको बताए ।

यस ठूलो वडामा धेरै होटलहरु र फुटपात ब्यापार हुने भएकाले फोहोर धेरै हुने गरेको छ । जस्ले गदौ फोहोर ब्यवस्थापन गर्न होटलहरुमा २ दिन र घरघरमा सामान्यतया तीन दिनमा फोहोर संकलन गर्ने गरेको श्रेष्ठले बताए ।  त्यस्तै , फुटपात हटाउन बिहानदेखि साँझ पाँच बजे सम्म महानरगर प्रहरी सक्रिय रुपमा लागेको उनको भनाइ थियो  ।

त्यस्तै फोहोर ब्यवस्थापन गर्न र आर्गनीक तरकारीका लागि प्रेरित गर्न कौसिखेतीको कार्यक्रम समेत ल्याएको बताए ।  

महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन महिलामैत्रि तालिमहरु प्रदान गर्दे आएको समेत श्रेष्ठले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै