• २०८१ बैशाख १२ बुधबार

मकालु एयरको बेपत्ता विमान बाजुरामा भेटियो, विमानमा रहेका दुवै जना सुरक्षित 

kharibot

फाइल तस्बीर

काठमाडौँ । कार्गो सामान लिएर उडेको सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको विमान बाजुराको हिला नदिको चौरमा भेटिएको छ । 

विमान आपतकालीन अवतरण गरेको अवस्थामा भेटिएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले खरीबोटसँग कुरा गर्दै आपतकालीन अवतरण गरेको सुनेको भन्दै त्यसतर्फ सुरक्षा अधिकारी पठाइएको बताएका छन् । 

विमानमा रहेका चालक दलका दुई सदस्य पाइलट किरण भट्टराई र को-पाइलट आदित्य सकुशल रहेका छन्।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन विमान सम्पर्क विहिन भएको थियो ।

सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको मकालु एयरको यो विमान सिंगल इन्जिन विमान रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै