• २०८१ बैशाख ७ शुक्रबार

युरोपा लिग प्रिभ्यु : एथलेटिकोलाई चुनौती दिदै मार्सेली, कसले जित्ला उपाधि ?

kharibot

काठमाडौँ । युरोपा लिगको फाइनलमा आज राति स्पेनिस क्लब एथलेटिको म्याड्रिड र फ्रेन्च क्लब मार्सेली उपाधिका लागि खेल्दै छन् ।

फ्रान्समा हुने फाइनल खेलमा दुवै टिमले उपाधि जित्ने दाबि गरेपनि स्पेनिस क्लब एथलेटिकोको सम्भावना तुलनात्मक रुपमा बढी देखिएको छ ।

यस अघि दुई पटक युरोपा लिगको उपाधि जितेको एथलेटिकोको फाइनल खेलका लागि नियमित म्यानेजर डिएगो सिमिओनी भने उपलब्ध हुने छैनन् । रेफ्रीसँग आक्रामक व्यबहार गरेको आरोपममा उनलाई तीन खेलको प्रतिबन्ध लगाइएको थिए । सेमिफाइनलमा पनि उनि मैदानको टचलाइनमा उपलब्ध थिएनन् ।

युरोपा लिगको ४७औ फाइनलमा एथलेटिको र मार्सेली भिड्न लागेका हुन् । एथलेटिकोले सन २०१० र २०१२ म दुई पटक युरोपा लिगको उपाधि जितेको छ भने मार्सेलीले भने एक पटक पनि युरोप लिगको उपाधि जितेको छैन ।

फ्रान्सको कुनैपनि क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितेका छैनन् ।

मार्सेलीका म्यानेजर रुडी गार्सियाले आफुहरुको फाइनल जित्ने सम्भावना कम भएपनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । एथलेटिकोले यस अघि युरोप लिग जिती सकेको र पछिल्ला ४ बर्षमा २ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको क्लब भएकाले एथ्लेतिको बलियो टिम भएको बताए । फ्रान्स मै फाइनल हुन लागेकोले आफुहरुको लागि ठुलो अवसर भएको उनले बताए ।

त्यस्तै एथलेटिकोका म्यानेजर सिमिओनीले फाइनलका लागि सबै तयारी पुरा भएको बताउदै मार्सेलीले आफ्नो खेल सुधार गरेको बताउदै उनीहरु खतरनाक हुनसक्ने बताए । सिमिओनीले फाइनल खेल चुनौतिपूर्ण हुने भन्दै आफुहरु मार्सेलीलाई जित्न तयार रहेको बताए । 

एथलेटिकोका मिडफिल्डर एन्टोनी ग्रिजम्यान फ्रान्सकै खेलाडी भएपनि उनि फ्रान्सको व्यावसायिक क्लब फुटबल भने खेलेका छैनन् । एथलेटिकोको लागि लियोनमा दोस्रो फाइनल हो । यस अघि सन १९८६ मा डाइनामो किभसँग युरोपियन कपको फाइनलमा ३-० ले पराजित भएको थियो ।

मार्सेलीले खेलेका पछिल्ला १० खेल हेर्दा २ वटा खेलम हार बेहोरेको छ भने ३ खेल बराबरीमा र ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एथलेटिकोले भने ३ हार, ३ बराबरी र ४ जित हासिल गरको छ ।

युरोपा लिगको उपाधि धेरै पटक जित्ने टिम भने स्पेनको सेभिला हो । सेभिलाले अहिलेसम्म ५ पटक युरोप लिगको उपाधि जितेको छ । त्यस्तै इन्टर मिलान, युभेन्टस र लिभरपुलले युरोपा लिगको उपाधि ३-३ पटकसम्म जितेका छन् ।

एथलेटिकोबाट ग्रिजम्यान र कोस्टा महत्वपूर्ण खेलाडी हुन् भने मार्सेलीको तर्फबाट डिमित्री पियट महत्वपूर्ण खेलाडी हुने छन् । युरोप लिगको यस सिजनमा पियटले ७ गोल असिस्ट गरेका छन् , जुन यस सिजनको युरोपा लिगको सर्वाधिक असिस्ट हो । 

खेल आज राति साढे १२ बजे सुरु हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै