• २०८१ बैशाख १३ बिहीबार

सैनिक अभ्यासको विरोध गर्दै उत्तर कोरियाले दियो चेतावनी, ट्रम्पसँगको भेटवार्ता रद्ध हुन सक्ने ! 

kharibot

काठमाडौँ । उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिदै दक्षिण कोरियासँगको उच्च स्तरीय वार्तालाई रद्ध गरेको छ ।

अमेरिका र दक्षिण कोरीयाले संयुक्त सेनाको अभ्या लाई निरन्तरता दिएपछि उत्तर कोरियाले आफ्नो असन्तुष्टि व्यक्त गर्दै सो कदम चालेको बताएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले अमेरिका र दक्षिण कोरीयाले संयुक्त सैनिक अभ्यास गैर उत्तर कोरी लाई उक्साएको आरोप लगाएको छ ।

एजेन्सीले आगामी जुन १२ मा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंग उनबीचको भेटर्वार्ताका विषयमा समेत चेतावनी दिएको छ ।

बुधबार हुने भनिएको दुई कोरियाली बीचको उच्च स्तरीय भेटवार्तामा गत अप्रिल २७ मा दुवै देशका प्रमुखबीचको भेटमा भएका सहमतिलाई अगाडी बढाउने विषयमा छलफल हुने बताइएको थियो ।

उत्तर कोरियाले ऐतिहासिक रुपमा दक्षिण कोरियासँग दोस्तीको हात बढाउदै आफ्ना परमाणु हतियार नष्ट गर्न सहमति जनाएको थियो ।

अमेरिकाले सन १९५३ को द्विपक्षिय सन्धि अनुसार सैनिक अभ्यास गर्दै आएको छ तर पछिल्लो पटक विकसित शान्ति प्रक्रियालाई यो सैनिक अभ्यासको बारेमा उत्तर कोरियाको प्रतिक्रिया पछि बिथोलिने अनुमान गर्न थालिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै