• २०८१ बैशाख १२ बुधबार

नेइमार रियल म्याड्रिड गए त्यो दुखद हुने छ – लियोनेल मेसी 

kharibot

काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आफ्ना बार्सिलोनाका पुर्वसहकर्मी नेइमारले रियल म्याड्रिडमा गए त्यो दुखद हुने बताएका छन् ।

नेइमार यस सिजनमा रियल म्याड्रिड जान लागेको रिपोर्ट आइरहेका बेला मेसीले आफ्ना साथी नेइमारका विषयम यस्तो प्रतिक्रिया दिएका हुन् ।  

मेसीले टिवाईसी स्पोर्ट्सच्यानलसँग कुरा गर्दै नेइमार रियल म्याड्रिड गए त्यो अत्यन्तै दुखद हुने भन्दै नेइमार बार्सिलोनामा हुदा लागि निकै महत्वपूर्ण खेलाडी रहेको बताए । 

मेसीले बार्सिलोनामा हुदा च्याम्पियन्स लिग, ला लिगा जस्ता महत्वपूर्ण उपाधि जितेको भन्दै मेसीले उनी रियल गए बार्सिलोनामा सबैका लागि दुखद हुने बताए । नेइमार रियल गए रियल म्याड्रिड झन् राम्रो हुने भन्दै मेसीले आफुले नेइमारलाई पनि यस्तो कुरा बताएको उल्लेख गरे ।

अर्जेन्टिनाको विश्वकप बारे बोल्दै मेसीले विश्वकप आफुहरुको लागि राम्रो हुने बताउदै विगतमा नजिक पुगेर पनि जित्न नसेको र यस पटक भने आफुहरु रसियामा च्याम्पियन बन्ने बताए ।  मेसीले भने,’ हामि पहिलो टिम हौ जो रसियामा च्याम्पियन बन्न चाहन्छौ ।’

अर्को प्रसंगमा मेसीले आफ्नो रोनाल्डोसँग प्रतिष्पर्धा नभएको बताए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै