काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै प्लेअफमा छनौट हुने सम्भावना लाई बढाएको छ ।
गएराती भएको खेलमा कोलकोताले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४३ रनको लक्ष्य पछ्याएको कोलकोताले १८ ओभरमा ४ विकेट गुमाउदै १४५ रन बनाउदै खेल ६ विकेटले जितेको थियो ।
कोलकोताका लागि क्रिस लिनले सर्वाधिक ४५ रन बनाएका थिए भने कप्तान दिनेश कार्तिकले ४१ तथा सुनिल नारायण र नितिस रानाले २१-२१ रन बनाएका थिए ।
राजस्थानका बेन स्टकले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाउदै १४२ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए भने राहुल त्रिपाठीले २७, जयदेव उनद्कांतले २६ रन बनाएका थिए ।
कोलकोताका कुलदीप यादवले ४ विकेट लिएका थिए । यादवले ४ ओभरमा २० रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै एमप्रसिद् कृष्ण र आन्द्रे रशेलले २-२ तथा शिभम माभी र सुनिल नारायणले एक एक विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच कोलकोताका कुलदीप यादव बनेका थिए ।
जितपछि कोल्कोट को १३ खेलमा १४ अंक भएको छ भने कोलकोता तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थान भने १३ खेलमा १२ अंक सहित चौथो स्थानमा रहेको छ ।
आइपिएल अन्तर्गत आजको खेल मुम्बई इण्डियन्स र किंग्स इलेभेन पंजावबीच हुने छ ।