• २०८१ बैशाख ८ शनिबार

डिभी २०१९ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा

kharibot

काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार सन् २०१७ को अक्टोबरदेखि नोभेम्बरसम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको छ ।

मंगलबार राति नेपाली समयअनुसार राति ९:४५ बजेदेखि डिभी चिठ्ठाको नतिजा हेर्न सकिने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो।

इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो । यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

यसरी चेक गर्नुस् डिभीको नतिजा :

ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ । नतिजा चेक गरेको पैसा लाग्दैन । डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन।

डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।
काठमाडौँस्तित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी विजेतालाइ  दूतावासले इमेल नपठाउने, डिभी नतिजाको घोषणा बारे इमेल पनि नपठाउनेभन्दै डिभी भर्नेहरूलाइ सचेत गराएको छ ।

गलबार राति सार्वजनिक भएको डिभीको परिणाम प्रारम्भिक हो। यसमा नाम छनौट हुँदैमा अमेरिका जान पाइहालिँदैन। यो पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छनौट भएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन। धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। त्यसैले डिभीको पहिलो परिणाममा छनौट भएकै भरमा नेपालमा आफूले गर्दै आएको पेशा, व्यवसाय त्याग्नु हुँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै