• २०८१ बैशाख ७ शुक्रबार

सरकारले तीव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताएका छन् । 

प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कन नहुने भन्दै विकासका लागि आफैँ अग्रसर हुनुपर्ने बताए । 

तराईको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकाले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनुपर्छ, उनले भने, ‘सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागिपरेको छ ।’ 

प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउँदै देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको धारणा व्यक्त गरे । 

सो अवसरमा सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिँचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीसंग आग्रह गरे । 

त्यसैगरी शिक्षा तथा खेलकूद, महिला हिंसा, अन्तर्राष्ट्रियस्तरको सभाहल तथा प्रधानमन्त्री तराई मधेश विशेष कार्यक्रम सञ्चालन गर्नपनि उनीहरुले प्रधानमन्त्रीसंग आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै