• २०८१ बैशाख १३ बिहीबार

सन्दीपले गरे फेसबुक लाइभ मार्फत फ्यानहरुसँग प्रत्यक्ष कुराकानी (भिडियो सहित)

kharibot

काठमाडौँ । दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले दिल्ली टिममा आफ्नो अनुभव निकै महत्वपूर्ण भैरहेको बताएका छन् ।

मंगलबार दिउँसो आफ्ना फ्यानहरुसँग दिल्ली डेयरडेभिल्सको फेसबुक पेज  लाइभमार्फत कुरा गर्दै आफूले दिल्ली टिममा आफुले धेरै कुरा सिक्न पाएको बताएका छन् ।

सन्दीपले आफ्नो पहिलो खेलको अनुभव साट्दै पार्थिव पटेलको विकेट लिएपछि सबै साथी खेलाडीले निकै उत्साहित बनाएको बताए ।

नेपाल र भारतको पिचका बारेमा कुरा गर्दै सन्दीपले नेपालका पिचमा धेरै टर्नहरु हुने र भारतका पिचहरु अलिक स्किटी हुने बताए ।

दिल्लीका प्रशिक्षक रिक्की पोंटिंगको तारिफ गर्दै सन्दीपले पोंटिंगले खेलाडीलाई निकै मोटिभेट गर्ने गरेको बताए ।

सन्दीपले फ्यानहरुले सोधेको प्रश्नको जवाफ दिदै आफूले जहाँ खेले पनि नेपाली क्रिकेट सधैँ पहिलो प्राथमिकतामा पर्ने बताए ।

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्लीबाट पहिलो खेल खेलेका सन्दीपले ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका थिए । खेलक ओपहिलो ओभर नै बलिङ गरेका सन्दीपले बैंगलोरका विराट कोहली र एबी डेविलीयर्स जस्ता ब्याट्सम्यानलाई बलिङ गरेका सन्दीपको अहिले भारतीय मिडियामा पनि निकै चर्चा रहेको छ ।

सन्दीपले फ्यानहरुसँग गरेको प्रत्यक्ष कुराकानी :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै