• २०८१ बैशाख १३ बिहीबार

सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

kharibot

काठमाडौँ । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

साधारण सभामा अर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १:१.६७ दरले हकप्रद शेयर जारी गर्ने  प्रस्तावहरु पारित भएको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्र चुक्ता पूँजी ८० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको जानकारी अध्यक्ष चन्द्र टण्डनले गराए ।

सो वार्षिक साधारण सभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै