• २०८१ बैशाख ८ शनिबार

पर्वतमा भएको बायोब्रिकेट उद्योेग तीन वर्षदेखि बन्द

kharibot

पर्वत । कुनैबेला लाखौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएका बायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा छ । 

विगत आठ वर्षअघि स्थापना गरिएको जिल्लाको एकमात्र बायोब्रिकेट उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । जंगलमा खेर जाने वनमारा झारको उपयोग गरी खाना पकाउने एलपी ग्यासको विकल्पमा प्रयोग गर्न सकिने बायोब्रिकेट उद्योग उचित बजारको अभावमा बन्द भएको हो । 

विभिन्न गैरसरकारी संस्थाको सहयोगमा स्थानीय सामुदायिक वनले उद्योग स्थापना गरेको भए पनि दिगो रुपमा भने सञ्चालन हुन सकेन । अहिले सो उद्योगका भवन जीर्ण अवस्थामा छन् । 

कुश्मा नगरपालिकाको कालीगण्डकी पातलखर्क छमर्के सामुदायिक वनका उपभोक्ताद्वारा सञ्चालित सो उद्योग अहिले पूर्णरुपमा बन्द छ । दातृ निकायको सहयोगमा सञ्चालित सो उद्योग केही वर्षसम्म सञ्चालनमा आएको थियो । सामुदायिक वन समूहको रु आठ लाखको लागतमा निर्माण गरिएको भवन तथा उद्योगका रु पाँच लाखका उपकरणमा अहिले खिया लागेको छ । 

उद्योगका संस्थापक अध्यक्ष टेकनारायण श्रेष्ठले नयाँ वन समूहका पदाधिकारीले चासो नदेखाउँदा तथा बजार अभावका कारण उद्योग बन्द भएको बताए ।

उपभोक्ताको आर्थिक उपार्जनको बलियो माध्यम बनेको ब्रिकेट उद्योग सञ्चालनमा आउन नसक्दा स्थानीयवासीको आम्दानीको स्रोत बन्द भएको इलाका वन कार्यालयका प्रमुख चूडामणि बरालले बताए । सञ्चालनताका करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको सो उद्योगबाट उत्पादित ब्रिकेटले बजार नपाएपछि सञ्चालनमा समस्या आएको हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै