तेह्रथुमको आठराई गाउँसभाबाट शिक्षा ऐन पारित

खरीबोट

 तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । 

नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो । 

गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र, विद्यालय खोल्न अनुमति, माध्यमिक शिक्षाको प्रकार, विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षासम्बन्धी ऐनमा व्यवस्था गरिएको छ । 

गाउँ शिक्षा समिति, स्थानीय शिक्षा अधिकारी, घुम्ती विद्यालय सञ्चालन, विद्यालय व्यवस्थापन समिति गठन, वडा शिक्षा समिति, छात्रामैत्री वातावरण व्यवस्थापन, शिक्षक महासंघ, शिक्षक तथा कर्मचारीको पदीय आचरण तथा अन्य व्यवस्था, शिक्षकको नियुक्ति र सरुवा, विद्यालय खोल्न आवश्यक अनुमतिदेखि अनुगमन र नियमका आधार तथा अनुदानको समेत ऐनमा व्यवस्था गरिएको छ । 

‘आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४’ नाम दिइएको उक्त ऐनमा ५९ बुँदा रहेको छ । ऐनमा संक्रमणकालीन व्यवस्थामा उक्त ऐनले तोकिएबमोजिम हुने भनी व्यवस्था गरेको काम नियमावली नआउँदासम्म गाउँपालिकाले गर्नसक्ने उल्लेख छ । यस्तै, यो ऐन जारी भएपछि विद्यालयमा रिक्त रहेको दरबन्दीमा विज्ञापन गर्ने अनुमति गाउँपालिकाले दिन सक्ने व्यवस्था छ । 

गाउँपालिकाको दोस्रो गाउँसभा पछि ऐन प्रमाणीकरण हुने आठराई गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद ओलीले बताए  । गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा आइतबारदेखि ‘राम्रो गाउँ हाम्रो गाउँ, हाम्रो आठराई समृद्ध आठराई’ भन्ने मूलनाराका साथ गाउँसभा शुरु भएको छ । 

सम्बन्धित समाचार

सुत्केरीको पाठेघरमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौँ

तेह्रथुम /  जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।  म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या

लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

तेह्रथुम / जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक

तेह्रथुममा जनता आवास कार्यक्रममा बजेट अभाव

तेह्रथुम / बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ ।  आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न

तेह्रथुममा दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

तेह्रथुम / सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् ।  सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य