• २०८१ बैशाख ८ शनिबार

केन विलियम्सनले बनाए यस आइपिएलमा धेरै अर्धशतक, यी हुन् आइपिएलमा अर्धशतकका हिरो

kharibot

काठमाडौँ । आइपिएलमा अब लिग चरणका खेलहरु अन्त्य तिर पुग्न लागेका छन् । यसै क्रममा यस आइपिएलमा कैयौ रेकर्ड बनिरहेका छन् । 

यस आइपिएलमा सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले अहिलेसम्म धेरै अर्धशतक हान्ने रेकर्ड बनाएका छन् ।

केन विलियम्सनले अहिलेसम्म खेलेका १२ खेलमा ७ अर्धशतक हानेका छन् । केन यस आइपिएलमा अहिलेसम्म धेरै अर्धशतक बनाउने खेलाडी हुन् । १२ खेलमा ७ अर्धशतक बनाउदै कुल ५४४ रन बनाएका छन् । केनले उच्च रन ८४ बनाएका छन् भने उनी तीन पटक नट आउट रहेका थिए ।

त्यस्तै यस आइपिएलमा किंग्स इलेभेन पन्जावका केएल राहुल र राजस्थान रोयल्सका जोस बटलरले ५-५ अर्धशतक बनाएका छन् । 

त्यस्तै दिल्लीका रिषव पन्त, मुम्बईका सूर्यकुमार यादव, बैंगलो का विराट कोहली, दिल्लीका श्रेयस अय्यर र बैंगलो का एबी दिविलीयर्सले ४-४ अर्धशतक बनाएका छन् ।

तर आइपिएलको एघारौ सिजनसम्म आउदा धेरै अर्धशतकको रेकर्ड भने दिल्लीका गौतम गम्भीर र हैदरावादका पुर्वखेलाडी डेभिड वार्नरको नाममा रहेको छ । गम्भीरले कुल १५४ खेल खेल्दै र वार्नरले ११४ खेल खेल्दै ३६-३६ अर्धशतक बनाउदै धेरै अर्धशतक बनाउने सुचिमा पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै विराट कोहली, सुरेश रैना र रोहित शर्माले ३४-३४ अर्धशतक बनाएका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै