• २०८१ बैशाख ८ शनिबार

संभव यसरी हुन्छ...!

kharibot

काठमाडौँ । जापान त्यसै जापान भएको होइन...! जापान बन्नुका पछाडि अनेकन प्रेरक पक्ष छन् । एउटा मिठो कथन छ, हामी सामान्यतया आफू चढेको सर्वजनिक यातायातको सिटको अगाडितिर च्यातिएको सानो प्वाल देख्यौं भने यात्राभर त्यो प्वालमा औंला हालेर हुन्छ, फोहोर कोचेर हुन्छ वा चुइगम, त्यो प्वाल अझ ठूलो बनाएर ओर्लन्छौ तर दोस्रो विश्व युद्वताका जापान तहसनहस हुँदासम्म प्रत्येक जापनीज साथमा सियोधागो लिएर वस जस्कोसुकै भएपनी चड्नु हामीले पर्छ भनेर सिलाउथे रे...! यसरी जनस्तरमा भएको चेतनाले पनि देश विकास हुने अवस्थाको चित्रण गर्छ ।

तपाईं कुनै सरकारी कार्यालय जानु भा छ, पक्कै जानु भएको छ । अनि सरकारी कार्यलयको शौचालय नि, त्यो नि जानु भा छ,  कति फोहोर कति दुर्घन्धित  ! नाक थुन्नु पर्छ है । तर तपाईले पानी हुँदाहुँदै सौच गरिसकेपछि पानी हाल्ने जाँगर गरिरहनु भा छ कि छैन रु सार्वजनिक स्थान, कार्यालय  वा निकायमा सौच गरिसके पछि पानी हाल्ने बानीको विकास गरौं । यदि पानी रहेनछ भने पानीको ब्यवस्थापन गर्नुहोस भनेर सुझाव दिन नविर्सौ । आउनुहोस परिवर्तनको सुरुवात यही बाट गरौं ।

काठमाडौमा सार्वजनिक यातायात वा वसको यात्राको कुरा धेरै नगरौं, बिस वर्ष कि युवती महिला आरक्षण सिटमा हुन्छिन् तर नजिकै ७० वर्षे बृद्वा उभिरहनु भएको हुन्छ । भन्न खोजेको कुरा ७० वर्षे बृद्वालाई उठाएर १७ वर्षे युवाती बस्नलाई हो त आरक्षण सिट ? त्यसकारण बच्चा, गर्ववती महिला, अशक्त ,बृद्व बृद्वाहरुलाई सिट दिने कुरामा हामी कन्जुस्याई रत्ति नगरौ ।  

एउटा हँस्यौली छ, सवैले प्रगती गर, अगाडी बढ भन्छन तर यो एउटा खलासी साह्रै प्रतिगामी यसकारण कि जहिल्यै पछाडी सर्, अलि पछि सर्नु न भन्छ । तर यो हाम्रो राजधानीको नियती नै हो । के तपाईले ख्याल गर्नु भा छ हामी एककिलोमिटर भन्दा एकदमै कम दुरि हुँदा नि गाडी चड्छौ । नियमित जागिर, कलेज वा नियमित कामका छोटो  दुरिमा समेत हामी सार्वजनिक यातायातको प्रयोग गर्छौ । ब्यस्त सहर, अव्यवस्थित जीवनशैलीले हाम्रो दैनिकी अनेकन शारीरिक-मानशिक समस्याबाट ग्रस्त छ । यसरी हामीले हाम्रो नियमित कामको शिलशीलामा दैनिक १ घण्टा हिड्नु स्वास्थ्यको कोणबाट फाईदा छ नै अझ यसले सार्वजनिक यातायातमा हुने चापलाई कम गर्छ नै । किनकि आजभोलीको हाम्रो दैनिकी अत्यन्तै यान्त्रिक भैसकेको छ ।

जीवनलाई गतिशील बनाउन पनि अलिकती हामी जैविक हुनै पर्छ । भनिन्छ नि ूआफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ ? हैन त रु हामी दैनिक जीवन अस्तब्यस्तता मै बिताईरहेका हुन्छौ । उठ्ने, खाने र सुत्ने कुराको ठेगान हुँदैन । अनियमित जीवन शैलीले हाम्रो जीवनलाई खत्तम बनाईरहेछ । राती अबेरसम्म नसुत्ने र बिहान ढिला उठ्ने बानी हाम्रा लागि सामान्य हुन् । यसले हाम्रो कार्यक्षमतालाई क्षति पुर्याईरहेको छ । त्यसकारण हामी आफ्ना बानीमाथी नियन्त्रण बनाउन उद्वत हुनुपर्छ । भनाई नै छ, पहिला बानीहरुको निर्माण गर,त्यसपछि बानीले तिमीलाई निर्माण गर्छ । वास्तवमै बानी अहम र ठुलो कुरा हो । यसैले जीवनको सफलतालाई प्रतिनिधित्व गर्दछ । 

समय मुल्यवान छ, जीवन पनि उत्तिकै सशक्त, हामीले हरेक घटनालाई प्रेरणामा बदल्न सक्नु पर्दछ । जीवन प्रेरणादायी र मिठो छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै