• २०८१ बैशाख ७ शुक्रबार

रसिया विश्वकपका लागि ब्राजिलको २३ सदस्यीय टिमको घोषणा, को को परे ?

kharibot

फाइल तस्बीर

काठमाडौँ । रसिया विश्वकप आउन अब एक महिना बाँकी हुदा ब्राजिलले विश्वकपका २३ सदस्यीय खेलाडीको घोषणा गरेको छ । 

गएराती घोषणा गरिएको टिममा हाल इन्जुरीबाट मैदान बाहिर रहेका नेइमारलाई टिममा समावेश गरिएको छ भने पिएसजीबाट खेल्ने डानी आल्भेज इन्जुरीका कारण विश्वकपको टिममा परेका छैनन् ।

त्यस्तै चेल्सीबाट खेल्ने डिफेन्डर डेभिड लुइसपनि ब्राजिलको २३ सदस्यीय टिममा परेका छैनन् । त्यस्तै फाबिनो, अलान, अर्थर जस्ता खेलाडीले पनि अन्तिम २३ मा ठाउ बनाउन असफल भएका छन् ।

२३ सदस्यीय टिममा गोल किपरमा ३ जना, फुलब्याक ४, सेन्टर ब्याक ४ जना, मिडफिल्डर ७ जना, र फरवार्ड ५ जना रहेका छन् । 

गोलकिपरमा एएस रोमाबाट खेल्ने एलिसन बेकर, म्यानचेस्टर सिटीबाट खेल्ने एडरसन र कासिओ रामोस रहेका छन् ।

त्यस्तै फुलब्याकमा मार्सेलो, फिलिप लुइस, डानिलो र फागनेर रहेका छन् । त्यस्तै सेन्टरब्याकमा थिएगो सिल्भा, मिरन्डा, मारक्यूइनहोस र गेरमेल रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा फिलिप कोन्टिन्हो, कासेमिरो, पाउलहिन्हो, फर्नानडिन्हो, रेनाटो अगुस्टो, फ्रेड र विलियन रहेका छन् ।

त्यसैगरी फरवार्डमा नेइमार, डग्लास कोस्टा, ग्याब्रियल जिसस, रोबोर्टो फिर्मिनो र टाइसन रहेका छन् । 

ब्राजिल विश्वकपमा समुह ‘ई’ मा स्विटजरल्याण्ड, कोस्टारिका र सर्बियासँग रहेको छ । ब्राजिलले रसिया विश्वकपमा आफ्नो पहिलो खेल जुन १७ मा स्विटजरल्याण्डसँग खेल्दै छ ।

आगामी जुन १४ देखि रसियामा सुरु हुने विश्वकप जुलाई १५ मा सकिने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै