• २०८१ बैशाख ८ शनिबार

प्रदेश विनियोजन विधेयक, २०७५ स्वीकृति

kharibot

धनगढी । प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिए । 

यस्तै प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तर्जुमा गर्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘हेलो सिएम’ कार्यक्रम प्रारम्भ गर्न बनाइएको कार्यविधिलाई समेत स्वीकृति प्रदान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै