• २०८१ बैशाख १३ बिहीबार

नेप्से सुचक १० अंकले घट्यो, सात समुहले गुमाउँदा तीन समुहले कमाए 

kharibot

काठमाडौ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से घटेको छ । 

नेप्से आज १० दसमलव २८ अंकले घटेर १३ सय ३८ दसमलव १७ बिन्दुमा झर्दा सेन्सिटिभ दुई दसमलव ४१ अंकले घटेर दुई सय ८२ दसमलव १८ बिन्दुमा झरेको छ ।

एक सय ६३ कम्पनीहरुको छ हजार पाँच सय ८८ वटा कारोवारमा १० लाख सात हजार सात सय ६४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा आज कारोवार रकम ४२ करोड ५१ लाख ५४ हजार दुई सय ९९ रुपैयाँ पुगेको छ । 

नेप्सेमा १० वटा समुहको कारोवार भएकोमा सात वटा समुहको कारोवार सुचक घटेर तीन वटा समुहको कारोवार सुचक बढेको छ । उच्च  अंकले घटेको बीमा समुहको सुचक ६९ दसमलव ९६ अंकले घटेर छ हजार नौ सय ४१ दसमलव ८० बिन्दुमा झर्दा आठ करोड ३२ लाख ६१ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि आज १० दसमलव चार अंकले घटेर ११ सय ४७ दसमलव ९२ बिन्दुमा झर्दा १७ करोड ६५ लाख १७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बिकास बैक समुहको सुचक पनि २६ दसमलव ९१ अंकले घटेर १५ सय ४४ दसमलव १९ बिन्दुमा झर्दा एक करोड ९२ लाख ४६ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युत समुहको सुचक पनि आज १५ दसमलव पाँच अंकले घटेर १६ सय ६० दसमलव ९६ बिन्दुमा झरेकोमा तीन करोड दुुई लाख सात हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज टे«डिङ, फाईनान्स र लघुबित्त समुहको सुचकमा पनि क्रमश दुई दसमलव ६२, सात दसमलव ४८ र २२ दसमलव ५९ अंकले गिरावट आएको छ ।

होटल समुहको सुचक भने आठ दसमलव ६६ अंकले बढेर १९ सय ६५ दसमलव ९२ बिन्दुमा चढेकोमा १५ लाख ५० हजार चार सय २० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी उत्पादमुलक र अन्य समुहको सुचकमा पनि क्रमश २५ दसमलव ६१ र तीन दसमलव ६३ अंकले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९५ पैसाले बढेर १२ सय १६ रुपैयाँमा कारोवार भएको छ भने किसान माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७६ पैसाले घटेर १४ सय ७० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सिद्धार्थ बैंकको प्रतिकित्ता तीन सय ३५ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ४७ लाख १४ हजार १० रुपैयाँको सेयर कारोवार भएको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ८१ रुपैयाँमा दुुई करोड ५२ लाख ६७ हजार १४ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै