• २०८१ बैशाख १३ बिहीबार

अफिसबाट रिटायर्ड भएकै दिन किनेको चिठाबाट करोडौँ जितेपछि... 

kharibot

उत्तर अमेरिका । कोही कोही मानिस असाध्यै भाग्यमानी हुन्छन् । एक जना क्यानडेली मानिस यस्तै भाग्यमानी सिद्ध भएका छन् ।

पिंग कुइन शुम नामका ती नागरिक आफ्नो जन्मदिन र अफिसबाट रिटायरमेन्ट लिएको अवसरमा खुसी मनाउँदै थिए । उनले त्यसअघि अफिस छाडेको दिन एउटा चिठा किनेका थिए गत अप्रिलमा । 

जन्मदिन मनाएको रात उनले खरिद गरेको चिठाको सबै छवटा नम्बर मिल्यो । यसको मतलब उनले २ मिलियन क्यानडेली डलरको चिठा जिते । उक्त रकम भनेको करिब १७ करोड नेपाली रुपैयाँ हो । हातमा करोडौँको चिठा परेपछि उनी खुसी नहुने कुरै भएन । तीनवटा घटना एकसाथ भएकोमा उनी आफैँ विश्वस्त हुन नसकेको उनले बताए । उनको चिठा बीसी-४९ को १३,९८३,८१६ मा एउटा थिए । 

चिठा पाउनासाथ उनले विदेश भ्रमणमा जाने योजना बनाएका थिए । उनले एक डलर तिरेर चिठा किनेका थिए । यसअघि एक जनाले १ सय २१ मिलियन पाउण्डबराबरको चिठा परेको एक बेलायतीले बताएका थिए, यो चिठाको विजेता बेलायती इतिहासमै अहिलेसम्मकै ठूलो चिठा विजेता बन्नेछन् । 

गत मार्चमा न्युजर्सीका एक जनाले ५ सय २१ मिलियनको चिठा जितेका थिए । 

न्युज स्काईबाट अनुदित । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै