• २०८१ बैशाख १३ बिहीबार

प्रिमियर लिगको गोल्डेन बुट मोहमद सलाहले जिते, रोनाल्डो र स्वरेजलाई जिते

kharibot

काठमाडौँ । लिभरपुलका इजिप्टियन स्ट्राइकर मोहमद सलाहले इङलिश प्रिमियर लिगमा यस सिजनमा सर्वाधिक गोल गर्दै यस बर्षको गोल्डेन बुट जितेका छन् । सलाहले प्रिमियर लिगका ३६ खेलमा ३२ गोल गर्दै सो अवार्ड जितेका हुन् ।

गएराती ब्राइटनविरुद्धको खेलमा सलाहले एक गोल गर्दै आफ्नो प्रिमियर लिगमा गोल संख्या ३२ पुर्याएका थिए ।

प्रिमियर लिगको यस सिजनको उत्कृष्ट खेलाडीको उपाधि जिती सकेका सलाहले आफ्नो नाममा अर्को अवार्ड पनि लेखाएका छन् । सलाहले यस सिजनमा लिभरपुलका लागि प्रिमियर लिगमा ३२ च्याम्पियन्स लिगमा ११ र अन्य खेलमा एक गोल गर्दै कुल ५१ खेलमा ४४ गोल गरेका छन् ।

सलाहले क्रिस्टियानो रोनाल्डो र लुइस स्वरेजको एक सिजनमा प्रिमियर लिगमा गरेको ३१-३१ गोलको संख्यालाई जितेका छन् । रोनाल्डोले २००७-८ सिजनमा म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गरेका थिए भने लुइस स्वरेजले २०१३-१४ मा लिभरपुलबाट खेल्दै ३१ गोल गरेका थिए ।

प्रिमियर लिगमा अहिलेसम्म एक सिजनमा धेरै गोल गर्ने रेकर्ड भने न्युक्यासल युनाइटेडका एन्डी कोल र ब्लाकबर्न रोभर्सका एलन शिअरएरको नाममा छ । कोलले सन १९९३-९४ सिजनमा ३४ गोल गरेका थिए भने एलनले १९९४-९५ सिजनमा ३४ गोल गरेका थिए   

लिभरपुल अब च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग मे २७ मा खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै