• २०८१ बैशाख ६ बिहीबार

अम्बाती रायडुले हाने यस आइपिएलको चौथो शतक, यस्तो छ आइपिएलमा शतकको इतिहास  

kharibot

काठमाडौँ । चेन्नई सुपर किंग्सका ब्याट्सम्यान अम्बाती रायडुले सनराइजर्स हैदरावादविरुद्ध शतक प्रहार गरेका छन् । 

रायडुले आइपिएल इतिहासको ५१औ शतक हानेका छन् भने व्यक्तिगत आइपिएलमा पहिलो अहिलो शतक हानेका छन् । रायडुले ६२ बलमा सय रन बनाउदै नट आउट रहादै चेन्नईलाई जिताएका छन् । रायडुले शतक हान्ने क्रममा ७ छक्का र ७ चौका हानेका थिए ।

आइपिएलको यस सिजनमा भने रायडुको चौथो शतक हो । यस अघि यस सिजनमा शेन वाटशन, कृष् गेल र रिषव पन्तले शतक हानिसकेका छन् ।  

यस आइपीएलमा एकै पारीमा अहिलेसम्म धेरै रन बनाउने खेलाडी भने दिल्लीका रिषव पन्त हुन् । पन्तले यस अघि चेन्नई सुपर किंग्सका शेन वाटशनले बनाएको १०६ रनको रेकर्डलाई तोड्दै १२८ रन बनाएका छन् । 

रायडु आइपिएलको इतिहासमा शतक हान्ने ३२औ खेलाडी हुन् भने उनले बनाएको यो आइपिएलको अहिलेसम्मको ५१औ शतक हो ।

आइपिएलमा शतक :

अहिलेसम्मको एघारौ आइपिएलसम्म आइपुग्दा क्रिस गेलले सर्वाधिक शतक हानेका छन् । गेलले आइपिएलमा कुल ८ शतक हानेका छन् भने उनको उच्च रन १७५ रहेको छ ।

त्यस्तै विराट कोहलीले आइपिएलमा ४ शतक हानेका छन् भने उनको उच्च रन ११३ रहेको छ ।  त्यस्तै डेभिड वार्नर, एवी दिविलीयर्स, शेन वाटशनले आइपिएलमा ३-३ शतक हानेका छन् । वार्नरको उच्च रन १२६, दिविलियर्सको १३३ र वाटशनको १०६ रहेको छ । 

त्यस्तै आइपिएलमा अहिलेसम्म ब्रेण्डम म्यकुलम, विरेन्द्र सहवाग, मुरली विजय, एडम गिलक्रिष्ट, हसिम अमलाले २-२ शतक हानेका छन् । 

त्यस्तै सुरेश रैना, रोहित शर्मा, अजिख्य रहाने, युसुफ पठान, शन मार्श, मनिष पाण्डे, सचिन तेन्दुलकर, माइकल हसी, महेला जयवर्दने, संजु सामसन, स्टिभ स्मिथ, रिद्धिमान शाह, डेभिड मिलर, रिषव पन्त, लेन्ड सिम्मोन, केभिन पीटरसन, एन्ड्रयु सायमण्ड, क्वान्टम डी कक, सनथ जयसूर्या, पाउल भल्थाटि र बेन स्टकले एक एक शतक बनाएका छन् ।  

यसरी आइपिएलको इतिहासमा अहिलेसम्म ३२ खेलाडीले कुल ५१ शतक हानेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै