• २०८१ बैशाख ११ मंगलबार

प्रदेश ५ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

kharibot

बुटवल ।  प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । 

बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ । 

यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो । यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५÷७६ का लागि सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने छ । 

प्रदेश सरकारले चालु आवको २०७४-७५ को अन्तिम तीन महिनाका लागि रु एक अर्ब पाँच करोडबराबरको बजेट सार्वजनिक गरेको थियो । आगामी आव २०७५-७६का लागि प्रदेश

सरकारलाई संघीय सरकारले करिब रु १५ अर्ब ४२ करोडको बजेटको सिलिङ रहेपनि प्रदेश सरकारले भने करिब रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै