• २०८१ बैशाख १३ बिहीबार

मंगलग्रहमा हेलिकप्टर उडाउने तयारीमा नासा 

kharibot

तस्बिर : Reuters/Mirror UK

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले मंगलग्रहमा हेलिकप्टर पठाउने तयारी गरेको छ । यदि यस्तो मनोकांक्षा पूरा भए यो नै अर्को संसारमा पहिलो एयरक्राफ्ट प्रयोग हुनेछ । 

नासाले २०२० को अन्तरिक्ष मिसनमा मंगलग्रहको सतहमाथि हेलिकप्टर उडाउने खुलासा गरेको हो । उक्त हेलिकप्टर रिमोटबाट कन्ट्रोलमा लिइनेछ । यो मात्र चार पाउण्ड (१.८ किलो) तौलयुक्त  हुनेछ । 

हेलिकप्टर मंगलको सतहमा उतारिसकेपछि रोभरलाई निश्चित दूरीमा राखेर कमाण्ड गरिनेछ । यसको नियन्त्रण भने पृथ्वीबाट हुनेछ । खासगरी सतहबाट पुग्न नसकिने स्थानमा समेत पुग्नको लागि हेलिकप्टरको अवधारणा ल्याइएको हो । परीक्षणका लागि ३० दिन हेलिकप्टर उडाउने नासाको तयारी छ । यो पाँचपटकसम्म गरिनेछ । 

हेलिकप्टरमा सोलार ब्याट्री राखेर यसको लिथियमिअन ब्याट्री चार्ज गरिनेछ । २०२० मिसन सोही वर्ष जुलाईमा फ््लोरिडाको केप कानाभरेलबाट प्रक्षेपण गरिनेछ । उक्त मिसन २०२१ को फेब्रुअरीमा मंगलग्रह पुग्नेछ । 

रोभरले मंगलग्रहको भूअवस्था र निवासयोग्य वातावरणको अध्ययन गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै