• २०८१ बैशाख १४ शुक्रबार

दुधसँग बिर्सेर पनि खान नहुने यी कुरा 

kharibot

काठमाडौँ । हाम्रो स्वास्थको लागि दुध फाइदाजनक छ भन्ने कुरामा दुई मत छैन । दुधमा धेरै पोषक तत्व पाइन्छ यो सबैलाई जानाकारी भएकै कुरा हो ।  तर हामीले दिनहुँ दुध पिउदा दुधसँग के खादैछौं भन्ने कुरामा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । अन्यथा स्वास्थ्यमा खराबी आउन सक्दछ ।

दुध र दहीसँगै खानु स्वास्थको दृष्टिकोणले राम्रो मानिदैन । दही र दुध करिव १ घण्टाको फरकमा पिउन राम्रो हुन्छ ।  यी दुबैको सँगै प्रयोगले एसिडिटि, ग्याँस्टिक, तथा उल्टी जस्ता समस्याहरु देखिन सक्छ । 

त्यस्तै मासको दालसँग दुधको एक साथ सेवन गर्नु हुदैन ।

दुध पिउनु भन्दा अगाडि वा पछाडि कहिल्यै पनि फलफुल खानु हुदैन । दुधसँगै सुन्तला  स्टबेरी खादा स्वास्थमा असर पर्न सक्छ ।  यसले खानालाई राम्रोसँग पचाउदैन र उल्टी पनि हुन सक्छ । 

यसको साथै दुध र केरा पनि नखानु राम्रो हुन्छ । यसले कफ बनाउछ र बढाउछ पनि  । साथै पाचन प्रणालीमा पनि असर गर्दछ । 

केही मानिस खानामा दुधको साथै ब्रेड बटर पनि मिलाएर खाने गर्दछन् ।  यसरी सँगै सेवन गर्नाले पेटमा भारीपन महशुस हुन्छ । किनकी पेटमा प्रोटिन, कार्बोहाइडेट, चिल्लोपदार्थ धेरैमात्रामा एकै चोटि लिदा हानिकारक हुन जान्छ  । त्यसैले पनि दुध छुट्टै खानु राम्रो मानिन्छ ।

दुध र माछा सँगै खायो भने यसले ग्याँस, एलर्जी तथा छाला सम्बन्धि विरामी हुने संभावना हुन्छ । त्यसैले दुध माछाको सँगै प्रयोग गर्नु राम्रो मानिदैन ।

दुधलाई आफैमा पुर्ण आहार मानिन्छ । यसमा भिटामिन, प्रोटिन, सुगर मिनरल सबै तत्व पाइन्छ । दुधसँगै तारेको भुटेको खाना खादा पचाउन गाह्रो पर्न जान्छ । यसको नियमित प्रयोगले छालाको रोग लाग्न सक्ने सम्भावना बढेर जान्छ ।  त्यस्तै दुध र तिल कहिल्यै पनि सँगै खानु हुदैन ।     

 

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै