• २०८१ बैशाख १३ बिहीबार

‘शत्रु गते’ ५१औं दिनमा प्रवेश, अहिलेसम्म कति कमायो ?

kharibot

काठमाडौँ । गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ५१औं दिनमा प्रवेश गरेको छ । बैशाख २९ गतेबाट फिल्म प्रदर्शनको ५१ औं दिनमा टेकेको हो । 

शनिवार साँझ फिल्म निर्माण टीमले एक कार्यक्रम गर्दै फिल्मको सफलताको खुसीयाली मनाएको छ । ‘शत्रु गते’ अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको छ । 

अहिले फिल्म ५१ दिनसम्म चलिरहदा कति पैसा कमायो होला भन्ने कौतुहलता नेपाली फिल्म प्रेमीहरुमा देखिन्छ । वितरकहरुले अहिलेसम्म फाइनल कलेक्सन हिसाब गर्न बाँकि रहेको भएपनि मोटामोटी १२ करोड ग्रास कलेक्सन गरेको बताएका छन् । यो फिल्मले चौथो हप्तामा आफ्नो प्रदर्शन सुरु गर्दा १० करोड ग्रस कलेक्सन गरेको थियो । 

यसले ‘छक्का पञ्जा’ले बनाएको १६ करोडको एतिहासिक रेकर्ड ब्रेक गर्ने अपेक्षा गरिएपनि अब भने सो रेकर्ड तोड्न असंभव देखिएको छ ।  

यो फिल्म गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल रहेको निर्माण पक्षले जानकारी दिएको छ । 

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

यस फिल्मलाई फिल्म जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै