• २०८१ बैशाख ८ शनिबार

अनौठो सामुद्रिक जन्तु किनारमा देखिएपछि भूकम्प आउने भन्दै डराए फिलिपिनीहरु !

kharibot

तस्बिर : Viral Press/Mirror UK

एसिया । एउटा रहस्यमय समुद्री जन्तु किनारमा देखापरेपछि स्थानीयवासीमा अशुभ हुने भन्दै डर पैदा भएको छ । रौँ नै रौँले ढाकेको यसअघि कहिल्यै नदेखेको अजंगको जन्तु शनिबार फिलिपिन्समा देखिएको हो । 

रातको समयमा समुद्रको किनारमा उक्त जन्तु देखिएपछि स्थानीयबासी डराएका थिए । उक्त जन्तुको नमूनाका लागि फिलिपिन्सको सेनाको एक टोली त्यहाँ पुगेको एजेन्सीहरुले जनाएको छ । उक्त जन्तुबाट नराम्रो गन्ध आएको र पृथ्वीको प्राणी नै नभएको भनी एकाएक भाइरल भएको थियो । 

फिलिपिन्सको ओरेन्टल मिनडोरोका स्थानीयबासीले ठूलो आकारको उक्त जन्तु किनारमा देखेका हुन् । उनीहरुले नजिकै गएर सेल्फी समेत लिएका थिए तर जन्तु देखापरेपछि उनीहरुमा कुनै प्राकृतिक विपत्तिको पूर्वसंकेत हो कि भन्ने अन्धविश्वासले डर पैदा गरेको बताइएको छ । 

उक्त जन्तु हेर्दा मृत राक्षसजस्तै देखिने बताइएको छ । एक स्थानीयबासीले अब ठूलो भूकम्प आउने भन्दै आफूहरुको लागि प्रार्थना गर्न आग्रह गरेका थिए । सोही क्षेत्रका एक अर्का स्थानीयले समुद्रको पिँधबाट जब कुनै अनौठो जन्तु किनारमा आउँछ, यसले केही नराम्रो हुने हो कि भन्ने डर पैदा गरेको बताए । उनीहरुले यसअघि यस्तो जन्तु कहिल्यै नदेखेको समेत बताए । 

यसलाई ‘ग्लोबस्टर’ उपनाम दिइएको छ । यो हेर्दा चार फिटा लामो एकतिर र २ फिट लामो अर्कोतिर देखिन्छ भने खैरोसेतो रंगयुक्त रौँहरुले ढाकेको छ । गत फेब्रुअरीमा पनि फिलिपिन्समा यस्तै खाले ग्लोबस्टर देखा परेको थियो । 

तर सरकारी अधिकारीहरुले भने यसलाई मृत ह्वेल हुनसक्ने बताएका छन् । उनीहरुले यसको नमूना संकलन गरेर विश्लेषण गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै