• २०८१ बैशाख १३ बिहीबार

करीनादेखि रानीसम्म विवाहित पति रोजेका बलिवुड हिरोइनहरु 

kharibot

मुम्बई । बलिवुडमा अहिले हिरोइनको विवाहको लहर चलेको छ । हालै सोनम कपुर र नेहा धुपियाले विवाह गरेका छन् भने गायक तथा संगीतकार हिमेश रेशमियाले पनि विवाह गरेको रिपोर्ट आएको छ । 

यसैबीच बलिवुडका यी हिरोइनहरु जसले विवाहित पति रोजे, उनीहरुको बारेमा चर्चा गर्दै छौ । बलिवुडकी चर्चित अभिनेत्री रानी मुखर्जीले यशराज ब्यानरका मालिक आदित्य चोपडासँग विवाह गरेकी छन् । आदित्य पहिला देखि नै विवाहित थिए तर रानीसँग उनको अफयेर्स भएपछि उनले पहिलो पत्नीलाई डिभोर्स दिएर रानीलाई विवाह गरे ।

एक समयकी चर्चित अभिनेत्री करिश्मा कपुरले पहिलो विवाह गरिसकेका संजय कपुरसँग २००३ मा विवाह गरेकी थिइन् । उनीहरुको वैवाहिक जीवन सफल हुन् सकेन र दुवै बीच डिभोर्स भयो । संजयले करिश्मासँग डिभोर्स भएपछि फेरी विवाह गरिसकेका छन् भने करिश्मा पनि हाल अफयेर्समा रहेको रिपोर्ट आइरहेको छ ।

अघिल्लो महिना अचानक दुबईमा निधन भएकी अभिनेत्री श्रीदेवीले पनि विवाहित फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेकी हुन् । बोनीले सन १९८३ मा मोना कपुरसँग विवाह गरेका थिए भने मोनाबाट बोनीका अर्जुन कपुर र अंशुला कपुर गरि दुई सन्तान पनि थिए । यसै बीच बोनीले श्रीदेवीसँग विवाह गरेका थिए ।

त्यस्तै एक समयकी चर्चित अभिनेत्री रविना टन्डनले पनि विवाहित पति रोजेकी थिइन् । रविनाले विवाह गरेकी अनिल थडानिको पहिली श्रीमतीको नाम नताशा हो । 

त्यस्तै बलिवुडकी चर्चित हिरोइन विद्या बालनले सन २०१२ मा सिद्धार्थ रोय कपुरसँग विवाह गरेकी हुन् । सिद्धार्थ फिल्म निर्माता कम्पनि युटिभिका मालिक हुन् । विद्यासँग विवाह गर्नु अघि सिद्धार्थले दुई विवाह गरिसकेका थिए ।

बलिवुडकी ड्रिम गर्लकी नामले चिनिने हेमा मालिनीले पनि विवाहित धर्मेन्द्रसँग विवाह गरेकी हुन् । धर्मेन्द्रकी पहिली पत्नी प्रकाश कौरबाट सन्नी देओल, बबी देओल, विजेता देओल र अजेइता देओल गरि चार सन्तान छन् भने भने हेमा मालिनीबाट दुई छोरी इशा र अहाना देओल छन् ।

बलिवुडकी चर्चित नायिका करीना कपुरले पनि पहिले देखि नै विवाहित सैफअलि खानलाई रोजिन । सैफले पनि आफ्नी पहिली पत्नी अमृता सिंहलाई डिभोर्स दिएर करीनालाई विवाह गरेका थिए ।

त्यस्तै बलिवुडकी चर्चित हिरोइन शिल्प शेठीले पनि विवाहित पति रोजिन । शिल्पाले राज कुन्द्रासँग अफयेर्स चलाए पछि राजले आफ्नी पहिली पत्नी कविता कुन्द्रालाई डिभोर्स दिएर शिल्पासँग विवाह गरेका थिए ।

त्यस्तै बलिवुड अभिनेत्री लारा दत्तले पनि विवाहित पति चुनेकी हुन् । टेनिस खेलाडी महेश भूपतिले लारासँग विवाह गर्नु अघि आफ्नी पहिली पत्नी स्वेता जयशंकरलाई छोडेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै