माइकल क्लार्कसँग कुरा गर्दै सन्दीपले भने,’मलाई मैदानमा हेर्ने सबैको चाहना पुरा भएको छ’

खरीबोट

काठमाडौँ । दिल्ली डेयर डेभिल्सविरुद्ध पहिलो खेल खेलेका सन्दीप लामिछानेले खेलपछि आफ्ना मेन्टर माइकल क्लार्कसँग कुराकानी गर्दै आफ्नो खुशी व्यक्त गरका छन् । 

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले आफ्नो डेभ्यु खेलमा बारेमा क्लार्कसँग कुरा गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् ।

दिल्लीका लागि प्लेइङ ११ मा पहिलो पटक मौका पाएका सन्दीपले भने, ‘मैले संसारभरबाट म्यासेज पाएको छु । मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ ।’ 

विराट कोहली र एबी डिविलीयर्सविरुद्ध बलिङ गर्न पाउदा अत्यन्तै खुसी लागेको बताउदै यसबाट धेरै सिक्न पाएको बताए ।  सो अवसरमा माइकल क्लार्कले पनि सन्दीपसँग कुरा गर्दै आफु सबै भन्दा खुशी भएको भन्दै उनिप्रति आफुले गर्व गर्ने बताएका थिए ।

गएराती वैंगलोरविरुद्ध डेभ्यु गरेका सन्दिपले ओपनर पार्थिव पटेलको विकेट लिँदै उत्कृष्ट सुरूवात गरेका छन् ।

वैंगलोरविरुद्धको खेलमा दिल्लीबाट ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहेका छन् । नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए ।

सम्बन्धित समाचार

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि

सलमानका भाई अरबाज खान आइपिएल सट्टा प्रकरणमा, प्रहरीले बयानका लागि बोलायो

मुम्बई । आइपिएलमा सट्टा लगाएको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानलाई प्रहरीले बयानका लागि पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा