• २०८१ बैशाख ४ मंगलबार

सेल्टाविरुद्ध रियल म्याड्रिडको आधा दर्जन गोल, ग्यारेथ बेलले गरे दुई गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टाभिगो विरुद्ध आधा दर्जन गोल हानेको छ ।

गएराती भएको खेलमा रियलले सेल्टाविरुद्धको खेल ६-० गोल अन्तरले जितेको छ ।

रोयल म्याड्रिडका लागि ग्यारेथ बेलले २ गोल गरेका थिए भने इस्को, अचरफ हाकिमी र टोनी क्रुजले एक एक गोल गरेका थिए भने एक गोल सेल्टाका सेर्गी गोमेजले आत्मघाती गोल गरेका थिए ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इन्जुरीबाट रिकभर हुदै गरेकाले यस खेलमा भने खेलेका थिएनन् ।

यस खेलमा गोल गरेर बेलले लगातार तेस्रो ला लिगा खेलमा गोल गरेका छन् । उनले सन २०१६ पछि पहिलो पटक लगातार तेस्रो खेलमा गोल गरेका हुन् ।  

जितपछि रियल म्याड्रिडको ३७ खेलमा ७५ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सेल्टा ३७ खेलमा ४६ अंक सहित लिगको १३औ स्थानमा रहेको छ । यल म्याड्रिडले अब यस सिजनमा ला लिगाको अन्तिम खेल भिल्ला रियलबविरुद्ध मे १९ मा खेल्ने छ ।    

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै