• २०८१ बैशाख १३ बिहीबार

विराट कोहली र एबी डिविलीयर्सविरुद्ध सन्दीपको किफायती बलिङ

kharibot

काठमाडौँ । आइपिएलमा पहिलो पटक खेल्दै गरेका सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्सबाट डेभ्यु गर्दै डेभ्यु विकेट पनि लिएका छन् ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका हुन् । सन्दीपले रोयल च्यालेन्जर्स वैंगलोरका ओपनर पार्थिव पटेललाई ६ रनमा एलबीडब्लु आउट गरेका थिए । सन्दीपले दिल्लीका लागि ओपनिङ बलिङ गरेका थिए ।  

सन्दीपले बैंगलोरका विराट कोहली र एवी डीविलियर्सविरुद्ध बलिङ गर्दै केबल २५ रन दिएका हुन् । दिल्लीका अन्य बलर भन्दा सन्दीपले किफायती बलिङ गरेका थिए ।  

सन्दीपले आफ्नो स्पेलमा १० बल डट गरेका थिए भने २ चौका र एक छक्का खाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै