मेसी र स्वरेजलाई हरेक दिन ‘मिस’ गर्छु – नेइमार 

खरीबोट

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारले आफुले बार्सिलोनाक लियोनेल मेसी र लुइस स्वरेजलाई हरेक दिन ‘मिस’ गरिरहेको बताएका छन् । 

युट्युबमा राखिएको जिकोसँगको अन्तर्वार्तामा नेइमारले सो कुरा बताएका हुन् । हाल पिएसजी छोडेर रियल म्याड्रिड जनाए हल्ला चलिरहेका बेला नेइमारको यस्तो भनाई आएको हो । नेइमारले अन्तर्वार्तामा आफुले हरेक दिन जसो मेसी र स्वरेजलाई मिस गर्ने गरेको बताउदै उनले दुई जनासँगको मित्रता विशेष भएको बताएका छन् ।

मेसी र स्वरेजसँग विताएको क्षण सम्झिदै नेइमारले आफुहरु अत्यन्त नजिक रहेर बार्सिलोनामा फुटबल खेलेको स्मरण गरे । 

अन्तर्वार्तामा नेइमारले यस सिजनमा पिएसजी छोड्ने सम्भावनालाई भने सिधै नकारेका छन् । बार्सिलोना फर्किने या रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला नेइमारले नयाँ जर्सी लगाउनु गर्वको कुरा भएको भन्दै आफुले यस सिजनमा क्लब नछोड्ने बताए ।

नेइमारको बारेमा बार्सिलोन का लिजेण्ड खेलाडी आन्द्रे इनेस्टाले टिप्पणी गर्दै नेइमार फेरी बार्सिलोना आउन निकै गार्हो रहेको बताएका थिए ।

गत फेब्रुअरीमा इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमार अब ब्राजिलको विश्वकपको तयारीमा फर्किने विस्वास गरिएको छ ।  

सम्बन्धित समाचार

नेइमारको गोलसँगै लिग वानमा पिएसजीको विजयी सुरुवात 

काठमाडौँ।  फ्रेन्च लिग वानमा पिएसजीले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा पिएसजीले काएन क्लबलाई ३-० ले पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको हो।   पिएसजीको जितमा नेइमार, एड्रियन राबिओट र

विश्वकपमा पाएको हारले कहिल्लै फुटबल नै नखेलौं जस्तो लाग्छ - नेइमार 

रियो दि जेनेरियो, ब्राजिल। ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेइमारले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।  ब्राजिलियाली फुटबल खेलाडी  नेइमारले हालै रसियामा सम्पन्न

फिफा उत्कृष्ट बर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार सूचीमा परेनन्  

काठमाडौँ ।  फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०१८ को उत्कृष्ट खेलाडीको लागि १० खेलाडीको मनोनयन सर्वजनिक गरेको छ।   मंगलबार सार्वजनिक गरेको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सका किलियन

यस सिजन रियल म्याड्रिड नजाने भए नेइमार !

काठमाडौँ । यस सिजनमा नेइमारलाई भित्राउने रियल म्याड्रिडको सपना चकनाचुर भएको छ ।  नेइमारले आफु यस सिजनमा पिएसजीमै बस्ने बताएपछि रियल म्याड्रिडले नेइमारलाई भित्राउने प्रयास असफल भएको छ । शुक्रबार मिडियासँग