• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

kharibot

पोखरा ।  प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । 

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उहाँका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए । 

उहाँका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेकोछ । 

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने, “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।” 

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते भएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै