• २०८१ बैशाख ८ शनिबार

काशी तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

kharibot

काठमाडौँ । हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । 

विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो । 

बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो । 

कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि आज कारागार कार्यालय डिल्लीबजार पठाएको हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै