• २०८१ बैशाख ५ बुधबार

इन्जुरीपछि रोनाल्डो प्रशिक्षणमा फर्किए, शनिबार रातिको खेल खेल्ने सम्भावना

kharibot

काठमाडौँ । रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो एल क्लासिकोमा एन्कल इन्जुरीपछि प्रशिक्षणमा फर्किएका छन् ।

गत आइतबार भएको एल क्लासिकोमा पहिलो हाफ मात्र खेलेर मैदान बाहिर गएका रोनाल्डो शनिबार राति ला लिगा अन्तर्गत सेल्टा भिगोविरुद्धको खेलका लागि तयारी सुरु गरेका हुन् ।

गत बुधबार सेभिलाविरुद्ध रोनाल्डोबिना खेलेको रियल पराजित हुदा लिगमा दोस्रो स्थानमा उक्लिने मौका गुमाएको थियो । रियल ३६ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ भने एथलेटिको म्याड्रिड ३६ खेलमा ७५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

आगामी मे २६ मा लिभरपुलविरुद्ध हुने च्याम्पियन्स लिगको फाइनल खेलमा रोनाल्डो ठिक हुने नहुने अनेकौ रिपोर्ट आइरहेका बेला टिमका अन्य खेलाडीसँग प्रशिक्षणमा उत्रिएर त्यो अघि नै रोनाल्डो पुर्णरुपमा ठिक हुने संकेत दिएका छन् ।

रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले रोनाल्डो च्याम्पियन्स लिग फाइनलका लागि पूर्ण ठिक हुने बताएका छन् । जिदानले फाइनलका लागि रोनाल्डो, इस्को र कार्भाजल सबै खेलाडी फिट हुने बताएका छन् ।

ला लिगामा दोस्रो स्थानमा उक्लिने प्रयासमा रहेको रियलले शनिबार सेल्टा भिगोसँग खेल्दै छ भने अन्तिम खेल मे १९ मा भिल्लारियलसँग खेल्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै