• २०८१ बैशाख ७ शुक्रबार

गोर्खा बियरको ‘हामी गोर्खाली क्याम्पियनलाई’ एमओएम सराहना

kharibot

काठमाडौँ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई नोटिस गरी “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको छ ।

गोर्खाको यो नयाँ क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ, जसले हरेक नेपालीको मन छुन्छ । यो थिमलाई खुकुरीको छाँयाकृतिले प्रतिविम्भित गर्दछ । गोर्खा बियर बोटलको छाँयाले बनाएको उक्त ब्याकड्रपले ब्राण्डको आफ्नै मूल मान्यतालाई दर्शाउँछ ।

आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा एमओएमलाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एम.ओ.एम परिचित छ । एमओएमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कार नै भन्दा पनि फरक पर्दैन ।

 गोर्खा बियरको क्याम्पियनको प्रशंसा गर्दै एमओएमले भनेका छन्, “यो क्याम्पियनले गोर्खा बियरको मुख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ – ह्वाट एन आइडिया ? गोर्खा बियरलाई वास्तविक गोर्खालीको साहससँग आवद्ध गरेर गोर्खा बियरले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ ।”

एमओएमले अझ भनेका छन्, “गोर्खा बियर एउटा त्यस्तो ब्राण्ड हो जुन अरुको पछि लाग्दैन । यसले अपनाउने सिद्धान्त र पस्किने सन्देश पनि आफ्नो समकालीनहरुभन्दा ज्यादै पृथक हुन्छ । यस पटक ब्राण्डले आफ्नो क्याम्पियनलाई एक कदम अघि लगेर नेपालका त्यस्ता असली साहसी नेपालीहरुलाई देखाएको छ, जसले आफ्नो देशमै बनाइएको बियरलाई गर्वका साथ पिउँछन् । यही कुरालाई “हामी गोर्खाली क्याम्पियन”ले उनीहरु को हुन् र उनीहरुको सोच के छ भन्ने कुरालाई सटिकरुपमा दर्शाएको छ ।”

गोर्खा बियरको यस अघि ल्याइएको डिजिटल क्याम्पियनले पनि वीर गोर्खा सैनिकहरुको व्यक्तित्वलाई झल्काएको थियो । गोर्खाले सधैं व्यक्तित्व र चरित्रका त्यस्ता विशेषताहरुलाई दर्शाउँछ, जसले यी गोर्खालीहरुलाई वास्तविक गोर्खाली बनाउँछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै