• २०८१ बैशाख ६ बिहीबार

नासाद्वारा आणविक रियाक्टरको सफल परीक्षण, मंगलग्रहमा मानव लैजान सहयोगी हुने

kharibot

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले एउटा नयाँ आणविक शक्ति प्रणालीको सफल परीक्षण गरेको छ ।

योसँगै पहिलोपटक मंगलग्रहमा मानव पाइला राख्न सकिने आशा बढेको बताइएको छ । किलोपावर रियाक्टर अमेरिकाको नेवादा नेशनल सेक्युरिटी साइटमा नोभेम्बरदेखि मार्चसम्म परीक्षण गरिएको थियो । 

यो परीक्षण सुरक्षित, पर्याप्त र परिणामदायी शक्तिका लागि उल्लेखनीय रहेको अधिकारीहरुको भनाइ छ । यसले भविष्यमा रोबोट र मानव आविष्कारमा कोशेढुंगा साबित गरिदिने आशा गरिएको सोही प्रोजेक्टमा काम गरेका जिम रिउटरले बताए । यसको विकाससँगै चन्द्र र मंगलग्रहसम्बन्धी अनुसन्धान तीव्र हुने उनको भनाइ छ । 

किलोपावर भनेको एउटा सानो, हलुका तौलयुक्त दुई खण्डमा शक्ति प्रवाह गर्ने प्रणाली हो, यसले १० किलोवाटबराबरको विद्युत् प्रवाह गर्न सक्छ भने औसत क्षेत्रमा १० वर्षलाई विद्युत् पुग्ने क्षमता हुन्छ ।

किलोपावरका वरिष्ठ इन्जिनियर मार्क गिब्सनका अनुसार किलोपावरले उच्चस्तरीय शक्तिशाली मिसन पूरा गर्ने शक्ति दिन्छ । यसले चन्द्रमाको छाया परेको भागको क्रेटर पत्ता लगाउन पनि सघाउ पुग्नसक्छ ।  

नासाको विश्वास के छ भने यो रियाक्टर चन्द्रमामा गइसकेपछि आवश्यक शक्तिका लागि उपयोगी हुनेछ । किनकि चन्द्रमामा सूर्यको प्रकाश पाउन निकै कठिन हुन्छ । त्यहाँ एक रात भनेको पृथ्वीमा १४ दिनको समय हो । 

किलोपावरका वरिष्ठ इन्जिनियर मार्क गिब्सनका अनुसार किलोपावरले उच्चस्तरीय शक्तिशाली मिसन पूरा गर्ने शक्ति दिन्छ । यसले चन्द्रमाको छाया परेको भागको क्रेटर पत्ता लगाउन पनि सघाउ पुग्नसक्छ ।  

खासगरी पृथ्वीबाट लामो समयका लागि अन्तरिक्षयात्रीलाई चन्द्रमा या अन्य ग्रहमा बस्ने गरी पठाउन थाल्दा त्यसका लागि आवश्यक मात्रामा शक्ति जरुरत हुन्छ, जुन यसअघि चाहिँदैनथ्यो । 

उक्त परीक्षणमा दुईवटा कुरालाई मुख्य गरी जोड दिइएको थियो । एउटा यो प्रणालीबाट विद्युत्लाई दुई खण्डबाट निकाल्नसक्ने र अर्को भनेको यो प्रणाली जुनसुकै वातावरणमा पनि स्थायी र सुरक्षित होस् भन्ने ।  जसमा परीक्षण सफल भएको अधिकारीहरुको दाबी छ । 

तर नासाले यो प्रणाली अन्तरिक्षमा पठाउन सुरु गर्छ भन्नेचाहिँ निश्चित भइसकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै