• २०८१ बैशाख ७ शुक्रबार

नेपाली पछि भोजपुरी तिर लागे मोडल सुमन

kharibot

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा जमेका मोडल सुमन खतिवडा भोजपुरी गितको अभिनयमा लागेका छन् ।

नेपाली लोकदोहोरी, आधुनिक र पप जस्ता दजनौं गीतमा अभिनय गरिसकेका उनी अहिले भोजपुरीको  सुटिङ सकेका छन् । 

‘दिल भइल दिबाना लागि करि तोहोरेसे प्यार’ बोलको उक्त गीतमा खतिवडालाई अभिनयमा रेश्मा सुवेदीले साथ दिएकी छिन् । निर्देशन भने हरि चौधरीले गरेका हुन् । 

सुमनले अभिनय गरेको नेपाली गित खरानी, तरकारीबाली निकै रुचाइए पछि उनको चर्चा चुलिएको थियो । जुन भिडियो युट्युवमा लाखौ दर्शकले हेरेका छन् । सानै देखि अभियनमा पोख्त उनी पछिल्लो दुई वर्षदेखि अभिनय क्षेत्रमा क्रियाशिल छन् ।

यसका साथै उनी स्टेज कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती दिदै आएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै