• २०८१ बैशाख ८ शनिबार

मोदीको भ्रमणले काठमाडौँमा ट्राफिक प्रभावित हुने, यस्तो छ मोदीको भेटघाट तालिका 

kharibot

फाइल तस्बीर

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण विषेशगरि काठमाडौंमा यातायात प्रभावित हुने भएको छ । 

मोदीको काठमाडौ भ्रमणका क्रममा शुक्रबार र शनिबार काठमाडौको ट्राफिक ब्यवस्थापन धेरै नै प्रभावित हुनेछ । 

काठमाडौको एयरपोर्ट, बौद्ध, गौशाला, टुंडिखेल, शितलनिवास, महाराजगञ्ज लगायत क्षेत्रको ट्राफिक प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । 

भ्रमणको समयमा यी ठाउँ र आसपासमा गाडी चल्न नदिइने हुँदा त्यसको प्रभाव काठमाडौका अरु ठाउँमा पनि पर्नेछ । 

यस्तो छ मोदीको शुक्रबार र शनिबारको कार्यतालिका :

बिहान १० : १५  बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
१०:३०– जानकी मन्दिरमा पूजा।
११:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन। 
१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। 
४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान। 
४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।  
५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार- 

बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८:३०– मुक्तिनाथमा पूजा।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान। 
११:३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान। 
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै