• २०८१ बैशाख १३ बिहीबार

अदालतले जन्मकैदको सजाय दिएका कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ 

kharibot

काठमाडौँ । रौतहट कटहरिया नगरपालिकाका मेयर सीयाराम कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । 

हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी मेयर कुशवाहालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहिवार काठमाडौंबाट पक्राउ गरेको हो ।

माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित कुशबाहालाई जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै गत चैत्र २३ गते जनकपुर उच्च अदालतले जन्मकैदको सजाँय सुनाएको थियो ।

वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो । हत्या आरोपी २८ वर्षीय कुशवाहा रौतहटको हथियाही–५ जमुनिया टोलाका बासिन्दा हुन् ।

अर्का अभियुक्त बारा हरैया–८ का २५ वर्षीय अमनप्रसाद कुशवाहालाई पक्राउ गरी वीरगञ्ज कारागारमा चलान गरिसकिएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै