• २०८१ बैशाख ८ शनिबार

विश्व बैंंकद्वारा सत्ताइस अर्बभन्दा बढी ऋण सहयोग

kharibot

काठमाडौँ । विश्व बैंकले वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

उक्त रकमको आधाभन्दा बढी भाग बजेटरी सहायता र बाँकी रकम सिँचाइ परियोजनामा उपयोग गरिनेछ । आगामी फागुन अन्त्यसम्म उक्त सम्झौता लागू हुनेछ । रानी जमारा दोस्रो चरण सिँचाइ आयोजना भने आगामी पाँच वर्षसम्म जारी रहनेछ । 

हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गरे । 

देशी निर्देशक चिमाओले संघीयतामा भर्खरै प्रवेश गरेको नेपालका वित्तीय आवश्यकता पूरा गर्न बैंकले उक्त सहायता प्रदान गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै