मुक्तिनाथ विकास बैंक नयाँ शाखा उदयपुरको कटारीमा

खरीबोट
ad

उदयपुर ।  मुक्तिनाथ विकास बैंकले कटारी नगरपालिका वडा नं.३, गोलपार्कमा आफ्नो ७९औं शाखा विस्तार गरेको छ । बिहीवार उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि खड्काले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग तथा ग्रामीण बैंकिङ्ग एकै साथ संचालन गर्ने नेपालको पहिलो वित्तीय संस्थाले यस क्षेत्रमा आफ्नो कारोबार मार्फत सम्पूर्ण जनतालाई आवश्यक पर्ने वित्तीय सेवा प्रदान गर्न गईरहेकोमा खुसी व्यक्त गरे ।  सोही सन्दर्भमा उनले गरीब देखि धनी सम्मलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबका दिनहरुमा पनि बैंकले आफ्ना लक्ष्यका साथै विभिन्न वर्गका जनताहरुलाई वित्तीय सेवा प्रदान गर्दै अगाडि बढ्न सफल बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका ईलाका प्रशासन कार्यालयका प्रमुख सनिल पौडेलले मुक्तिनाथ विकास बैंकको जस्तो लक्ष्य लिएको बैंले कटारी क्षेत्रमा आफ्नो कारोबार संचालन गर्नु भनेको कटारीबाशीको लागि खुसीको कुरा भएको बताए ।

 साथै कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए । उनले यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको रुपन्देहीको तिलोत्तमा नगरमा दुई शाखा एकै साथ संचालनमा

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आज

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडीइ नेपालसँग सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडीइ नेपालसँग सहकार्य गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी

मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्सबीच सम्झौता 

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्सबीच  सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र एसएआर

मुक्तिनाथ विकास बैंकका सिईओमा पोखरेल तथा डेपुटी सीईओमा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रद्युमन पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ ।  बैंकिङ्ग क्षेत्रमा करिव

Loading...

Loading...