• २०८१ बैशाख १२ बुधबार

पल्सर स्पोर्ट्स अवार्डलाई डिस होमको सात लाख

kharibot

काठमाडौं / पल्सर स्पोर्ट्स अवार्डलाई डिसहोमले सात लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्रायोजनस्वरुप अवार्डलाई डिसहोमले सघाएको हो । आज राजधानीको एक होटलमा डिसहोम नेटवर्कका सीईओ सुदीप आचार्य र खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले हस्ताक्षर गरेका हुन् । 

कार्यत्रममा बोल्दै डिस होमका सीइओ आचार्यले खेलकुदको विकासका लागि सहयोग गर्न डिस होम सधैभर तत्पर रहेको बताए । ‘खेलकुदले सबैलाई एकत्रित गर्न सघाउँछ भने डिस होमले पनि सबै क्षेत्रमा आफ्नो सर्किट पुर्याएर एकै ठाउँबाट सबैलाई एकत्रित हुन सहयोग गरिरहेको छ ।’

त्यस्तै, मञ्चका अध्यक्ष आर्चायले डिस होमले आफ्नो सहकार्यलाई विगत आठ वर्षदेखि निरन्तर रुपमाम खेलकुद विकासका लागि सहकार्य गर्दै आएकोमा धन्यवाद भन्दै ‘खेलकुदमा कर्पोरेट सहयोग नहुने हो भने नेपाली खेलकुदमा हुने जति पनि कार्यक्रमहरु छन्, ती अगाडि बढ्न नसक्ने बताए । 

सात लाखबराबरको सहयोगमध्ये चार लाख ७० हजार नगद र दुई लाख ३० हजारबराबरको डिस होमको सेटअप बक्स रिचार्ज डिस मिडियाले गराउनेछ । डिस होमले २८ जना विजेतालाई सेटअप बक्स उपलब्ध गराउने छ भने ५ जना मनोनीत खेलाडीलाई गरी जम्मा ३३ वटा सेटअप बक्स उपलब्ध गराउनेछ । 

जसमा मनोेनयनमा परेका खेलाडीहरुमध्ये लक्की ड्र गरेर ५ जनालाई सेटअप बक्स उपलब्ध गराउने भएको छ । २८ जना विजेताले पाउने सेटअप बक्समा एक वर्ष रिचार्ज गर्नुपर्नेछैन भने बाँकी ५ जनाले पाएको सेटअप बक्समा २ हजारको रिचार्ज गरिएको हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै